प्रेसकार्ड दुरुपयोग गर्ने पत्रकारलाई हदै सम्मको कारवाही गरिन्छ अध्यक्ष बस्नेत

काठमाडौं । प्रेसकाउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेसकार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘आमसञ्चारमाध्यम’ विषयका विद्यार्थीहरुसँगको मिडिया अभिमुखिकरण कार्यक्रममा उहाँले प्रेसकार्डको दुरुपयोग गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता गर्नुभयो । समाजलाई तर्साउन र धम्क्याउन नभई सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचय पत्रको सही रुपमा सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बस्नेतले पछिल्लो समय प्रेस पास दुरुपयोग भएको विषयलाई लिएर धेरै गुनासा आएको विषयलाई ध्यानमा राखेर छानबिन भइरहेको बताउनु भयो । सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्यौल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षरता आवश्यकता भएको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।
पत्रकार र सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्नुपर्ने ायित्व पत्रकारको भएको बताउनुभयो ।
काउन्सिलले यूट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको पनि अध्यक्ष बस्नेतले बताउनुभयो । प्रेसकार्डको दुरुपयोग गरी धम्क्याउने, वार्गेनिङ गर्ने लगायतका कार्य गरेमा त्यस्ता पत्रकारको परिचय पत्र खोस्ने, आचार संहितामा सहभागी गराउने, कालोसूचीमा राख्ने ह, विज्ञापन रोक्ने तथा साइबर र अन्य अपराधजन्य अभियोगमा अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारवाही गर्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
कार्यक्रमका अवसरमा वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनालले सहभागी विद्यार्थीहरुलाई काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे जानकारी गराउनुभयो ।

LEAVE A REPLY