काठमाडौं । सरकारले काभा महिला भलिबल नेसन्स लिनमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षकहरु, व्यवस्थापक र फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
गत साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।
सरकारले १४ जना खेलाडीहरुलाई जनही तीन लाख, मुख्य प्रशिषक जगदिश प्रशाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादवलाई एक लाख २० हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि एक लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।े
सम्मानित हुने खेलाडीहरुमा प्रगति नाथ, सरस्वति चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरति सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्ट रहेका छन् ।