काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् यसँगै पर्यटनबोर्डको कार्यभार उनको काँधमा आईपरेको हो । । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो ।
सीईओ छनोट समितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको भएपनि बोर्ड संचालक समितिको बैठकले बोर्डको कार्यकारी प्रमुखमा जोशी लाईनै मन पराएको छ ।यस अवसरमा सुदामा डट्कम परिवार सफल कार्यकालको कामना व्यक्त गर्दछ ।








