सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश अस्वीकार गर्दै मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।
एआईजी ज्ञवाली आगामी भदौ २६ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश जाँदैछन् भने अन्य रिट निवेदकहरुको पनि अवकाश जाने दिन नजिकिँदै गएको छ ।

LEAVE A REPLY