काठमाडौं । नेपाल सरकारले संगीता पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा पहाडीलाई नियुक्त गरेको हो।यसँगै नेपालटेलिकमको कार्यभार पहाडीको काँधमा पर्न आएको हो ।
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दा लागेर निलम्बनमा परेपछि पहाडीले कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन्। ।