पर्यटन बोर्डको कार्यभार दीपकराज जोशीको काधमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख९सीईओ०मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेसँगै उहाँको काँधमा पर्यटन बोर्डको कार्यभार परेको हो । जोशी पहिले पनि यसै बोर्डमा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले यसअघि पनि ४ वर्षे कार्यकाल प्रमुख कार्यकारी अधिकृतकै रुपमा सफल गरी बिताउनुभएको थियो ।
सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको उपसमितिले तीन जनाको नाम छनौट गरेको
थियो । उपसमितिले गत चैत्र २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उम्मेदवार मध्ये उत्कृष्ट तीन जनाको नाम छनौट गरेको हो । सोमबार प्रस्तुतीकरण र मंगलबार अन्र्तवार्ता लिएर उपसमितिले बुधबार बोर्डकै पूर्व सीईओ, जोशी, निवर्तमान सीईओ डा।धनन्जय रेग्मी र पर्यटन विद् ज्ञानेश्वर महतोको नाम सिफारिस गरिएको थियो । गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा।धनन्जय रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त भएक

LEAVE A REPLY