राज्यले निजामति सेवाका ८६ हजार कर्मचारीमा उत्कृष्ट कर्मचारी पाए पनि सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्दा यस पटक पनि सर्वोत्कृष्ट कर्मचारी सेवा पुरस्कारको घोषणा बिनानै २१औं निजामति दिवस मनाइयो । प्रत्येक वर्ष भाद्र २२ गते निजामति दिवस मनाउने चलन अनुसार गत शनिबार२२ गते निजामति दिवस मनायो । उत्कृष्ट कर्मचारी नपाएकै कारण २०७४ सालयता सर्वोत्कृष्ट भनेर कुनै कर्मचारीलाई पनि सम्मान गर्ने काम भएको छैन । तर यो वर्ष २० कर्मचारीले निजामति सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामति पुरस्कार भने पाएका छन् ।
सर्वोत्कृष्टताको मापदण्डनै बनाउन नजानेर हो वा मापदण्ड अनुसार कर्मचारीको आचरण नै नभएर हो, राज्यलाई सर्वोत्कृष्ट कर्मचारीको खा“चो परेको । त्यसबारे आम सर्वसाधार अलमलमा परेका छन् । मुलुकमा बढ्दै गएको भ्रष्टाचार, कामचोर कर्मचारी लगायतका कारणले भावी दिनहरुमा उत्कृष्ट कर्मचारीको पनि अभाव पर्ने हो कि भन्ने डर पैदा पनि हु“दैछ । २०६१ सालदेखि सर्वोत्कृष्ट, उत्कृष्ट र निजामति सेवा पुरस्कार दिन थालेको सरकारले २०६८ सालमा तत्कालिन परीक्षा नियन्त्रक सूयै गौतम, २०६९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन सचिव भगवती कुमार काफ्ले र २०७० सालमा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारी लगायतलार्य सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको
थियो ।
सरकारका उच्च पदाधिकारीदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरुले कार्यालयमा तन, मन, बचनले प्रतिबद्ध भएर आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने र भ्रष्टाचार गर्नु भनेको जन्मदिने आमाको रगत पिउनु जस्तै हो भन्ने धारणा राख्ने हो भने राज्यलाई सर्वोत्कृष्ट कर्मचारीको खा“चो नपर्न सक्छ । धेरै उत्कृष्ट कर्मचारी हु“दा त्यस संख्या भित्र एक सर्वोत्कृष्ट कर्मचारी नभेटिने भन्ने करा आउदैन । तर यस्तै अनियमितता र भ्रष्टाचार मौलाउदै जाने हो भने सर्वोत्कृष्ट त के उत्कृष्ट कर्मचारी नै पाउन मुस्किल पर्ने देखिन्छ । यस्तो सम्भावना निराकरण गर्नका लागि राज्य सञ्चालकहरु नै नैतिकवान्, सामथ्र्यवान, देशका लागि त्याग गर्न सक्ने लगायतका गुणले भरीभराउ हुन सक्नुपर्दछ ।
कुनै पनि घरमा अभिभावक गतिला भएनन् भने उनका सन्तान पनि गतिला हु“दैनन् । त्यसैले देश र राज्य भनेको एउटा घर हो । राज्य सञ्चालक भनेका अभिभावक हुन् । अतः राम्रो घर परिवार बनाउनका लागि राज्य सञ्चालकनै गतिलो बन्न आवश्यक छ । भाषण एकातिर, काम अर्कातिर भयो भने मुलुकले उधोगति लिन सक्छ । नेतृत्वमा भाषण बढी गर्ने र काम कम गर्ने प्रवृत्ति हावी भएको छ । यसको अन्त्य गर्दै भाषण कम र काम बढी गर्न आवश्यक खड्किएको छ ।