दशैंमा सफा नोट मात्रै

काठमाडौं । दशैं तिहार र छठ पर्वमा बेग्लै रौनक छाउने गरेको
छ । यसमाथि नयाँ नोटले बेग्लै उमंग दिने गरेको छ । तर विगतका वर्षमा जस्तो यस वर्ष दशैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलार्य नयाँ नोट वितरण नगर्ने भएको छ । नयाँ नोटको सट्टा सुकिला९सफा० नोट वितरण गर्ने तयारी राष्ट्र बैंकको रहेको छ ।
गत साता राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रुपमै यसवर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो ।
डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । ती नोट व्यवस्थापनकै लागि यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी भएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए । ‘नोट नै नदिने भन्ने होइन, विगतमा जस्तै यस वर्ष पनि सर्वसाधारणलाई नोट वितरण गरिन्छ तर नयाँ होइन सुकिला हो ।’ प्रवक्ता पोखरेलले भने ।
राष्ट्र बैंकले हरेक वर्ष दशैं, तिहार र छठलगायत चाडमा मात्र नभई माग अनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दशैं, तिहार र छठको बेला सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दशैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट बाहिरिने गरेको छ । यस मध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तिय संस्थाले बैंकिङ प्रयोजनको लागि उपयोग गर्दछ ।

LEAVE A REPLY