नेपालराष्ट्रबैकलेअसोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न दिने

काठमाडौं । यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । विगतका दशैं पर्व हरुमा नयाँ नोट दिने गरेको भए पनि यो वर्ष नयाँ नोट छाप्ने खर्चमा मितव्यीता अपनाउदै सफा र सुकिला नोटमात्रै दिन लागेको हो । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि यस्तो नोट आगामी असोज १३ गते आइतवारदेखि दिनेव्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।
विगतमा दशैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरेको छ । सहायक प्रवक्ता डा पोखरेलका अनुसार नयाँ नोटको सट्टामा सर्वसाधारणले सुकिला र सफा नोट पाउनेछन् ।
यस वर्ष असोजको २६ गते दशैँको टीकाको मुख्य दिन परेको छ ।

LEAVE A REPLY