काठमाडौं । पूर्व –प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्म दिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका छन् ।
बालुवाटरमा प्रमुख तीन दलका शीर्ष नेताहरुको भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा पोष्ट गरेको जन्म दिनको शुभकामना यस्तो छ “आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी ११”








