काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा संचालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन् ।
उनले भने,‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन्
वास्तबमा म चाँही यो दवाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु । कति भुक्तानीहरु गर्न बाँकी छन् । यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौं भने कसरी अगाडि बढ्न सकौला भन्ने चिन्ता छ ।’
उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।
Home अर्थतन्त्र अर्थतन्त्र सुधारका लागि प्रभावकारीरुपमा राजश्व परिचालन गर्न आवश्यक अर्थमन्त्री पौडेल









