संसदीय छानबिन समिति र प्रधानमन्त्री विच सहकारीबारे छलफल हुँदै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ । समितिले शनिबार ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको बताईन्छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ ।
समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ ।
समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ ।

LEAVE A REPLY