संबैधानीक परिषदले गर्यो,प्रकाशमानसिं राउतलाई सिफारिस

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले सिंहलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति हुने भएको छ ।
प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । विभिन्न संवैधानिक निकायमा ६ पद रिक्त छन् । ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन असोज ४ गते अमेरिका जाने कार्यक्रम छ ।

LEAVE A REPLY