राप्रपा उपाध्यक्ष मिश्र विवादमा

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डलाई पक्षमा ल्याउन र प्रचण्डको भ्यालु लस गर्ने किसिमको अभिव्यक्ती सार्वजनिक गरेसँगै उपाध्यक्ष मिश्र विवादमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका बारेमा आन्तरिक बहस सार्वजनिक गरेपछि मिश्र विवादमा परेका हुन् ।
प्रचण्डले भेट्मा त्यस्तो कुरा नगरेको बताएको सचिवालयलाई जानकारी गराएपछि माओवादीले राप्रपाको एजेन्डा आफ्नो पक्षमा नभएको भन्दै आपति जनाएको थियो तर पछि सचिवालयले प्रचण्डसँग माफी माग्दै रविन्द्र्र मिश्रले प्रचण्डको इतिहास कोट्याएपछि प्रचण्डको सचिवालयले पनि मिश्रले आन्तरिक कुरामा भएको कुरा सार्वजनिक स्वीकारेपछि मिश्रले गणतन्त्रको नायक प्रचण्डनै भएको कुरालाई स्वीकारेको छ । मिश्रले नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी गरेपछि माओवादीले केन्द्रले रविन्द्र मिश्रको कुरालाई नै प्रचार गरेका छन् ।
प्रचण्ड र मिश्रबिच खुमलटारमा भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै उनले राजसंस्था पुनर्स्थापना नगर्ने हो भने देश विस्फोटको अवस्थातिर जानसक्नेतर्फ प्रचण्डको ध्यानाकर्षण गराएको उल्लेख गरेका थिए । भेटमा प्रचण्डले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदा सार्वजनिक गरेपछि राप्रपाले माओवादी केन्द्रलाई पनि ओलोचनामा ल्याएको छ भने स्वयम आँफु र आफ्नो पार्टी पनि विवादमा परेको छ । उपाध्यक्ष मिश्रले अध्यक्ष प्रचण्डले आन्तरिक रुपमा राखेको कुरा भनेर सार्वजनिक गरे तर माओवादीकेन्द्रले राप्रपा उपाध्यक्ष मिश्रले सार्वजनिक गरेको विषयमा आपत्ति जनाएका थिए ।
रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयले जनाएको थियो आपत्ति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ। अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन्।
खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो अराजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि।’

LEAVE A REPLY