राजनीतिक स्थिरताका लागि कांग्रेस – एमालेको समिकरण ःकार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दलहरू नेपाली काँग्रेस र नेकपा एमाले लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् ।
भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८र९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपाएमाले लगायतका दलहरूको सरकार बनेको बताएका हुन् ।
उनले गत निर्वाचनको परिणाम अनुरूपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरू समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने बताए ।
उनले अर्थतन्त्रको गतिशीलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरू संसदमा नलैजाने पनिबताए ।

LEAVE A REPLY