भूमाफिया र भ्रष्टचारी विरुद्ध कसैले गर्न नसकेको काम गरेको प्रचण्डको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र भूमिफिया विरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन्। प्रचण्डले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो। हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं। अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ। हामीले त्यसको घेरा तोड्दै आएका छौं।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निक्लेको छु। दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं। हामी जितको पक्षमा छौं।’
उनले भ्रष्टाचार विरुद्ध अभियान कडारुपमा चलाए पछिसरकारबाट हटाइएको जिकिर पनि गरे ।

LEAVE A REPLY