महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई जनचेतनामुलक पुस्तिका र स्टिकर सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ ।
चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर बैंकले हस्तान्तरण गरेको हो ।
महानगरीय प्रहरी वृत्त मालीगाँउका कार्यालय प्रमुख तथा प्रहरी बरिष्ठ नायब निरिक्षक बसन्त थापालाई बैैंकका बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । यसबाट मालीगाँउ तथा कालोपुल वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ ।
साथै आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले देशभर १०३ शाखा कार्यालयहरुबाट करिब ८ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

LEAVE A REPLY