टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम भव्यरुपमा सम्पन्न

 

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ। समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो
फूलपातीका दिन नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटिई बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम बढाइँ गर्ने गर्दछन्। मारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो। समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८१’ ब्याननर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व सहभागी थिए।

LEAVE A REPLY