बुद्धएयर र कामनासेवा विकाश बैंक विच सेवा शुल्क छुट सम्बन्धि सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरे ।
सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
छुटका लागि बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।
बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले जनाएको छ ।

 

LEAVE A REPLY