दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुकोव्याख्यागरिने,प्रा.डा.देवमणिभट्टराईकोभनाई

काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैंमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।
दशैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैंमा दिइने आशीर्वादमा ाविभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।
तर पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक बाचन गर्ने प्रचलन छ । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठस्त भए पनि यसको अर्थ भने कमैलाई थाहा छ ।
टीका लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ । उहाँहरुले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन् । संस्कृत विश्वविद्यामलयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वातको गहनता बुझदा महिला र पुरुषको अलग अलग नभएको बताउँछन् ।
‘तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्। तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ,’ उनले भने । निधारभरि अक्षता टाँसेर अक्षताकै संख्यामा आशीर्वादलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक बनाउनुपर्नेमा संस्कृतिविदहरुको भनाइ छ ।

 

 

 

LEAVE A REPLY