काठमाण्डौं । विजया दशमीको अर्थात् बडादशैंको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जानकारी दिएको छ ।
समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने जनाएको छ । शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ ।
बडादशैंको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्तलाई भेटेर वा निश्चित भेगमा टीका लगाउने चलन छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।
उनले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका–जमरा लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ः०० देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी लगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिने छन् । निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई समेत टीका–जमरा लगाइदिने कार्यक्रम छ ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा दशकौँदेखि देउवा नै डडेल्धुराको राजनीतिक पहिचान र ‘ब्राण्ड’ बन्नुभएको छ । २०४८ सालदेखि निरन्तर डडेल्धुरा...
काठमाडौं । काठमाडौंकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनुभएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना...
सविन निरौला प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मोरङ–६
सविन निरौला राष्ट्रिय राजनीतिमा चर्चित र चिरपरिचित नाम हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सव्रिmय रहनु भएका निरौलालाई...