बैदेशिक रोजगारमा जानेहरुका लागि दशै भन्दा ठूलो भइदियो रोजगारी

काठमाडौं ।स्वदेशमा रोजगार नपाए पछि रोजगारका लागि विदेश जानेहरुका लागि दशैं र आफ्ना परिवार भन्दा महत्वपुर्णको भैदिएको छ रोजगारी । दशैं मानेर विदेश फर्किन चाहनेहरुले आजको शुभसाईतको टीका लगाउन पाएनन् । उनीरु बाध्य भएर हिजै विदेश उडे । दशै मानेर मात्रै रोजगारमा जानुनि त भनेर प्रश्न गर्दा एक यात्रुले आँखाभरी आँशु पार्दै भने– “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो”, सर्लाहीका अजय मेहताले भने ।मेहताको जस्तै पीडा हजारौं युवायुवतीको हुन सक्छ । यस्तो पीडा बोध गर्नु पर्ने बाध्यता नेपाल सरकारको नालायकि पनले गर्दा भएको पीडितहरुको भनाई छ । सबै नेपाली दशैंमा आफ्नो घरमा बसेर दशैं मनाउन कहिले पाउलान् ?प्रतिक्षा र जिज्ञासाको विषय भएको छ ।दशैमा विदेश जाने र उनीहरुलाई विदाइ गर्नेहरुको भीड प्रस्तुत चित्रले प्रस्ट पारेको छ ।

 

LEAVE A REPLY