आज विजया दशमीको दोस्रो दिन तथा पापाङकुशा एकादशी

काठमाडौं , आश्विन शुक्ल पक्षको पापाङकुशा एकादशी यो दिन पनि बडादशैँको टीका लगाउने क्रम जारी छ।
बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ विजया दशमीका दिन टीका लगाउन जान नभ्याउनेहरुले आज एकादशी देखी कोजाग्रत पूर्णिमा सम्म टीका लगाउन जाने चलन छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

 

LEAVE A REPLY