मकवानपुरको मनहरीमा नौ जना खेलाडी घाईते, दुइ जनाको अवस्था चिन्ताजनक

काठमाडौं । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुर मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् ।
घाइते मध्ये दुइ जनाको अवस्था चिन्ताजनक रहेकोछ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं २ र ३ का फुटबल टोलीका बीचमा वडा नं ३ स्थित सिद्धकालीको चौरमा फुटबल खेल आयोजना गरिएको थियो । सो खेलको क्रममा विवाद उत्पन्न भएपछि आयोजक पक्षले विपक्षी टोलीमाथि निर्धात कुटपिट गरेको हो ।
कुटाइबाटनौ जना घाइते भएका छन् । घाइते मध्ये २१ बर्षिय सुरेन्द्र घलान र १९ बर्षिय सुजन जिम्माको हेटौडास्थित चुरेहिल अस्पतालको आईसियुमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ ।
घटनामा कुटाई खाएका खेलाडी पाल्टेन मोक्तानका अनुसार स्थानीय गाउँहरुले वडा नं २ का खेलाडीहरुलाई एक घण्टासम्म लखेटी–लखेटी कुटपिट गरेका थिए । दोहोरो झडप सुरुमा सामान्य भएपनि पछि सिंगो गाउँले उठाएर खेलाडीमाथि कुटपिट गरेका थिए ।
घटनामा निखिल गौंङ्वा, विराज गौङ्वा, आकाश मोक्तान क, आकाश मोत्तान ख, रञ्जित थिङ, सोनम मोक्तान, पाल्टेन मोक्तानसहित ९ जना घाइते भएका छन् । अन्यको जनरल वार्डमा उपचार भइरहेको छ
घटनाको सुरुमा कांग्रेस नेता बलराम चेपाङका छोरा अरुण चेपाङ र सरोज चेपाङसँग विवाद भएको थियो । लगत्तै उनका बुवा बलरामले गाउँले उठाएर कुटपिट गरेको पीडितहरुको आरोप छ ।
घाइते खेलाडीका अनुसार बलराम चेपाङका दुई जना छोराहरु अरुण चेपाङ तथा सरोज चेपाङ, स्थानीय रोहित गौंङ्वा, रविन घलान, जोखे चेपाङ्, भिमसेन चेपाङ्, धने गौंङ्वा, दोर्जे गौंङ्वा नाम गरेका युवाहरुले हतियारसहित आक्रमण गरेका थिए ।
यतिठूलो घटनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले खासै चासो नदिएको पीडितहरुको गुनासो छ ।

 

 

LEAVE A REPLY