किन हुँदै छ एमाले आलोचित ?

भोजकुमारी खड्का
काठमाडौं । राजनीतिमा सु–चर्चा कमाएको संसदको दोस्रो ठूलोदल नेकपाएमाल ेपछिल्लो समय आलोचित बन्दै गएको छ ।एमाले पार्टीको नेतृत्व गरीरहेका केपी शर्मा ओलीले पार्टी भित्र आन्तरिक छलफल नै नगरी गुरुङ दानमा पार्टी कार्यालय बनाउने निर्णय गरी कार्यालयको शिलान्यास नै गरी सकेपछि पार्टी भित्र र बाहिर पार्टी नेतृत्वको चर्को आलोचना भैरहेको छ । पार्टीका शीर्ष नेताहरु मौन रहे पनि कतिपय स्थायी कमिटि सदस्य तथा केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसले पनि व्यापारीबाट ठूलो सहयोग लिएर पार्टी कार्यालय निर्माण गर्नुको कारण अध्यक्ष ओलीसँग माग गरेको छ ।
आन्तरिक स्रोत जुटाएर पार्टी कार्यालय स्थापना गर्दा कसैको आलोचना नहुने र विवादित व्यापारी व्यवसायीहरुबाट चन्दा उठाएर वा दानलिएर पार्टी कार्यालय बनाउँदा दलहरुकै शाख गिर्ने कांग्रेसको भनाई छ । एमाले केन्द्रीय कमिटीकै कतिपय नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय सच्याउनुपर्ने माग राख्दै आएकाछन् । नक्कली भ्याट बिल प्रकरणमा राजश्व छली गरेको आरोपमा सर्वोच्च अदालतबाट सजाय तोकिएका विवादित गुरुङले दिएको दान पार्टीका लागि घातक रहेको भन्दै आलोचना भइरहेको छ । एमालेले जग्गा दान र राजश्व छली अलग विषय भए पनि कानून बमोजिम हुने विषयमा एमालेको कुनै लेनदेन नभएको जनाइएको छ ।
काठमाडौंको कीर्तिपुरमा गुरुङले दान गरेको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने कुराको निर्णय विरुद्ध एमालेका नेता कार्यकर्ताले खुलेर विरोध गर्न नसके पनि गुरुङको यो दानले कालान्तरमा एमाले पार्टीलाई भलो नहुने भन्दै सामाजिक सञ्जाल र पार्टी पंक्ती बाहिरका नागरिकले भने अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् । एमाले स्थायी कमिटि सदस्य बिन्दा पाण्डेले साढे ५ लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान हुने कदम फिर्ता लिन माग गरेकी छिन् । तर एमालेले भने संस्थागत रुपमा विज्ञप्ती जारी गरेर यो निर्णय फिर्ता नहुने जनाइसकेको छ ।

LEAVE A REPLY