नर्सरी व्यवसायीसंघद्वारा ‘दोश्रो तिहार फ्लोरा एक्सपो’ आयोजना गर्ने जानकारी

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले पाँच दिवसीय राष्ट्रिय स्तरका दोश्रो तिहार फ्लोरा एक्सपो–२०८१ आयोजना गर्ने बारे पत्राकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिवुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा कार्तिक ९ देखि १३ गतेसम्म भृकुटिमण्डपको प्रदर्शनी स्थलमा दोश्रो तिहार फ्लोरा एक्सपो आयोजना हुने छ ।
कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न एक्सपोको आयोजना गर्न लागेको बताए ।
उनले भने, ‘आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न भनेर नर्सरी व्यवसायी संघ दर्ता गरेर कार्याक्रमहरु गर्दै आएका छौँ । आयात रोक्ने ज्ञान हामीसँग छ तर सरकारले यसको लागि सहज वातावरण बनाउनुपर्छ ।
‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिर्भरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै उक्त एक्सपो आयोजना गरिएको हो ।
यस मेलाले आर्थिक मन्दिले सुस्ताएका अर्थतन्त्र विकासमा सहयोग गर्ने र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीहरुलाई उत्साहित गर्ने विश्वास लिएको पनि संघको भनाई छ ।

यस संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिष्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
प्रतिष्पर्धाको मुल्यांकन गर्न कृषि वागवानी बिज्ञ, बनस्पती बिज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्यांकन समिति समेत गठन गरेको छ ।
यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र सहितको अफिसियल ३ स्टल तथा प्रतिष्पर्धाको २ वटा स्टल समेत जम्मा ७० बटा स्टल रहने छ ।
यस मेलामा ३५ हजार अवलोकन कतीले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ भने मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति सय र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० व्यवस्था गरिएको छ ।

 

LEAVE A REPLY