प्रधानमन्त्री ओलीद्वारा भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही गर्ने गरी ल्याएको विधेयक संसदबाट पारित हुन नदीएको आरोप

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही हुनुपर्ने गरी ल्याइएको विधेयक संसदबाट पारित गर्न नदिइएको आरोप लगाएका छन्।
आइतवार राजधानीको वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा ५ वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको आरोप लगाएका हुन्।
उनले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुले नै अस्वीकार गरेको बताए।
उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको आरोप पनि लगाए।
भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनुपर्ने उनले बताए। कथम् कदाचित ढिलो भए पनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए। सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको दावी पनि गरे।

LEAVE A REPLY