संविधान संशोधन दुई राजनीतिकदलको पहलमा सबै राजनीतिक दलहरुको समन्वयबाट मात्रै हुन्छ—ः गृहमन्त्री लेखक

 

काठमाडौं ,गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन्।
आइतबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताए।
उनले संविधान संशोधन दुईवटा राजनीतिक दलहरुले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरुको पहलमा सबै राजनीतिक दलहरुसँगको समन्वयबाट हुने बताए। संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरुबीच सहमतिका साथ संविधान संशोधन गर्ने बताए।

उनले भने,संविधान संशोधनलाई विभिन्न हिसावले व्याख्या हुने गरेको छ। हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो। हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरेका छौँ। तर संविधानको संशोधन दुईवटा राजनीतिक दलहरुले गरेर मात्रै हुने होइन, हामी संविधानको १० वर्षको अनुभवको समीक्षा गर्दछौँ। हामी दुई दल पहल अघि बढाउँछौँ। यसका लागि प्रारम्भिक छलफल भएको छ। हामी सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्दछौँ।’

LEAVE A REPLY