टीकापुर विमानस्थल आजबाट नियमित संचालनमा आयो

काठमाडौँ, कैलालीको टीकापुर विमानस्थल आजदेखी नियमित सञ्चालनमा आएको छ। २७ वर्षदेखि बन्द रहेको विमानस्थल आज आइतवार देखी सञ्चालनमा आएको हो।

चालक दलका ३ सहित ५ कर्मचारी र १२ यात्रु बोकेको तारा एयरको वाईटी १७०१ नम्बरको ट्विनअटर विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको छ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीसँग टीकापुर नगरपालिकाका प्रमुख थारुले टीकापुरको विमानस्थल ओझेलमा परेको र ओझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताए।

उनले मने, अहिले विमानस्थल सञ्चालनमा आएको र यो टीकापुरकै सम्पत्ति भएको छ , पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको उनले बताए। विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए।अब विमानस्थलमा प्रत्येक साता आइतवार र बिहीवार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ। टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए।

“यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ। यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ निर्धारण गरिएको छ”, उनले भने।

उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ। टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ।

साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्।

LEAVE A REPLY