काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्केको केही दिन पछि लगत्तै भारत भ्रमणमा जाने तयारी गर्दैै छन् । नेपालको प्रधान मन्त्रधीमा नियुक्त भए पछि भारत जाने प्रचलन रहे पनि भारतले तत्काल चासो नराखेपछि चीन भ्रमणमा गएका थिए । तर अब ढिलै भए पनि प्रधान मन्त्री ओली यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ।
युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्। प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ।
भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए।