सञ्चार मन्त्री गुरुङ्गद्वारा वर्तामान सरकार ०८४ सम्मै टिक्ने दावी

काठमाडौं ,सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार २०८४सम्मै टिक्ने दाबी गरेका छन् । वर्तमान सरकार अहिलेनै ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी समेत गरेका छन् ।
आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने बताए ।
उनले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताए। उनले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले यो सरकार कसैले चाहेर पनि ढान नसक्ने जिकिर गरे ।

उनले भने, ‘सरकार बनेको दिनदेखि दुईवटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने। सबै पार्टीले छोडेर गए पनि दुई ठूला राजनीतिक दलहरु मिलेका छौँ। त्यसैले यो सरकार ढल्दैन। किनभने १६७ सिट त हुन्छ। त्यसेैले यो सरकार चलिरहन्छ ।

LEAVE A REPLY