काठमाडौं। ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड एनसीएचएलले “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ ।a
ज्योति विकास बैंकले प्रविधिमैत्री सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।