काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गरी १४ हजार ३ सय आठ विद्यार्थी लाई दीक्षित गरेको छ । । दीक्षान्त समारोहमा अभिभावककोसमेत बाक्लो सहभागिता रहेको थियो । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षितभएका छन् ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर तर्फ पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि पिएचडी तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।