काठमाण्डौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षमा निधन भएको छ।
काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघातका कारण उनको निधन भएको हो।
हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो, लानेबित्तिक चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनायो ।
पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्। छोराछोरीचाहिँ अमेरिका बस्छन्। पूर्वन्यायाधीश वस्ती २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका थिए।
उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनीअस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।