नेपाल अब छिट्टै च्याउमा आत्मानिर्भर बन्ने

काठमाडौँ , च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौँमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।
संघका महासचिव विकास रिमालले पौष १५ गते काठमाडौँको भृकुटीमण्डपमा एक दिने च्याउ मेला सञ्चालन गर्न लागिएको जानकारी दिए।
उनका अनुसार ‘च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’भन्ने नारासहित यस वर्ष च्याउ दिवस मनाइँदैछ। हरेक वर्षको पौष १५लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरिएको बताए।
उनले मेलामा ४० वटा स्टल रहने र १५ गते बिहान नै कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डसम्म मोटरसाइकल ¥याली हुने जानकारी दिए। मेलामा च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनीसमेत गरिने भएको छ।

LEAVE A REPLY