माओवादीले अब जनतामाझ फर्कनुको विकल्प देखेन

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज राजनीतिक प्रतिवेदन पेश गरे । प्रतिवेदन पेश गर्ने क्रममा अब माओवादी आत्मा आलोचना सहित जनतामाझ जानुको विकल्प नभएको बताए ।
धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजबाट सुरु भएको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो । माओवादीले यो बैठकलाई केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक का रुपमा लिएको छ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

LEAVE A REPLY