मेलम्चीको पानी बन्द हुँदैन ः प्रदीप यादव मन्त्री

काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकावासीको लागि भरपर्दो र एकमात्र विकल्प हो । मेलम्चीको पानी कहिले बन्द हुन्छ कहिले नियमित आउँछ । अब भने उपत्यकावासीले मेलम्चीको पानी बाह्रै महिना पिउन सकिने विश्वास बढेको छ । खानेपानी मन्त्री प्रदिप यादवका अनुसार आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भईरहेको बताएका छन् । केही दिन अघि मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौं उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए ।
‘विगतका वर्षमा वर्षा सुरु हुने वित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गथ्र्यो, अब हामीले वर्षातको समयभरी नै मेलम्चीको पानी चालु गर्नेगरी काम सुरु गरेका छौं ।’ उनले भने– ‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’
मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नु पर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए । उनले भने– ‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकट गाउँबस्तीमा पुगिसकेको छु । कतिपय गाउँ त पानीका लागि बसाईसराई गर्नुपर्ने अवस्थामा छन् । ती क्षेत्रका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दैछु ।’

LEAVE A REPLY