निगगमले तत्कालका लागि सफलता पाए पनिः आयल निगम प्रतिको आम बुझाई नकारात्मक रहेको छ – मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकरात्मक रहेको बताएका छन् ।
शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए ।
उनले भने,‘ आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ? आममान्यता के छ?
मान्यता त्यति राम्रो देखिएको छैन् । यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पाएपनि बाहिर फरक किसिमबाट हेर्ने गरेको पाइन्छ । अझ चम्किलो पार्न नयाँ ढंगले सोच्नै पर्नेछ ।’
मन्त्री भण्डारीले जनशक्ति धेरै भएपनि संस्थाले माग मात्र गर्ने तर सोही अनुसारको काम भने नगरेको गुनासो गरे । संस्थाले विकास नगर्ने तर संस्थाबाट माग मात्र गर्ने, लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला भन्दै उनले प्रश्न गरे ।
उनले भने,‘यही जनशक्तिमा यो भन्दा धेरै काम गर्न सक्छौ । अझ भरपर्दो बनाउन सक्छौैं ।
आयल निगमले जे जति व्यवसाय गर्छ अहिले त्यसका विकल्पहरु आइसकेको भन्दै नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहने धारणा राखे ।
उनले भने, ‘आयल निगमले जे जति व्यवसाय गर्छ,अहिले त्यसका विकल्पहरु आइसकेका छन् । धेरै निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटट्ने क्रम चाँही रही रहन्छ ।’मन्त्री भण्डारीले सधैं ग्याँस पेट्रोल र डिजेलमा मात्र भर पर्नु भन्दा यसको विकल्प खोजेर अघि बढेमात्र सस्थान सधैं नाफामा जाने बताउनु भयो।
त्यसैले अब नयाँ ढंगले सोच्ेर निगम टीकाई रहन आवश्यक छ ।
आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए ।

 

LEAVE A REPLY