कुलमान घिसिङले बुझाएको स्पष्टीकरणमा चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर भए पनि कुमानलाई हटाउने मन्त्री खड्काको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । उर्जा मन्त्रालयले आफ्नो काममा सहयोग नगरेको भन्दै घिसिङलाइ नौ बुँदे स्पष्टिकरण सोधेको थियो । त्यसैको जवाफ स्वरुप कलुमानलेआइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् ।
गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई पदच्यूत गर्ने मनसायले कुलमानाई नौबुँदे स्पष्टीकरण सोधेको थियो ।
खड्काले आफ्ना सचिव सुरेश आचार्यमार्फत ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ? भन्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए ।
स्पष्टीकरणमा कार्यसम्पादन प्रभावकारी नभएको, मन्त्रालयले माग गरेको १५ बुँदे विवरण समयमै उपलब्ध नगराएको, उपलब्ध गराएको विवरण पनि अपुरो र खोजेजस्तो नभएको जिकिर लिँदै जवाफ दिनू भनिएको थियो ।
त्यसका अतिरिक्त छ बुँदे विवरणमा सत्य र तथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ पठाएको अभियोग पनि घिसिङमाथि लगाइएको थियो । सँगै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेको, कार्यसम्पादन पुनरावलोकन रिभ्यू नगराएको, कार्यसम्पादनमा ५० प्रतिशत कम अंक ल्याएको, असहयोगी भूमिका खेलेको आरोप लगाउदै प्रश्न सोधिएको थियो ।

स्पष्टीकरण चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर घिसिङलाई हटाउने मन्त्री खड्काको तयारी छ ।

LEAVE A REPLY