नेकपाएमाले र कांगे्रस मिलेर सरकार बनेको छ , हाम्रा विचमा कुनै समस्या छैन ः रमेश लेखक मन्त्री

काठमाडौं , गृह मन्त्री रमेश लेखकले सत्तारुढ नेपाली कांग्रेस र सत्तासाझेदार दल नेकपा एमालेसँग मिलेर एमाले नेतृत्वको सरकार बनेको छ । त्यसैले एमाले संग अहिेले कुनै पनि समस्या नरहेको बताएका छन् ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संघीय संसदीय दलको कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।
सत्ता गठबन्धन दलभित्र समस्या रहेको चर्चा चलिरहेका बेला कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा पार्टी पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू र संसदीय दल कार्यसमितिका पदाधिकारी सहभागी थिए।
बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार समीकरण अगाडि लैजाने कुरामै केन्द्रित भएर काम गर्न निर्देशन दिएको उनले बताए।
नागरिकलाई बढिभन्दा बढि सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धिमा मुलुकलाई लैजाने गरी मन्त्रीहरूले काम गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको गृहमन्त्री लेखकले बताए।

LEAVE A REPLY