कठमाण्डौ, नेपालआयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले यो आर्थिक वर्षमा निगमले १० अर्व मुनाफा गरेको जानकारी गराउनु भएको छ । निगमका कार्यकारीनिर्देशक भट्टले निगमको ५५ औं वाषर््िाकोत्सवको पावन अवसरमा सो कुराको जानकारी दिनु भएको हो । निगमले आफ्नै कार्यलय प्राड.गणमा विभिन्नकार्यक्रमको आयोजना गरी आफ्नो ५५ औं वार्षिकोत्सव भव्य र सभ्यरुपमा मनाएको छ ।
निगमले २०७१ साल देखि स्वचालित मुल्य प्रणाली लागू गर्दै आएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्यकाम सुरु गरिएको निर्देशक भट्टले बताउनु भयो । एलपीजी ग्याँसको घरयासी र व्यापारिक मुल्य कायम गर्ने काम समेत सुरु गरिएको उहाँले जानकारी गराउनु भयो । कार्यक्रमलाई संबोधन गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निगम पेट्रोलियम पदार्थ बेचेर रमाईरहने दिन अव धेरै नरहेको बताउनु भएको छ ।









