अध्यादेशले लगानीमैत्री वातावरण सिर्जना गरेको छ अध्यक्ष ढकालको भनाइ

बेनी। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नयाँ अध्यादेशले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गरेको बताएका छन्।
हालैबेनीमा आयोजित आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले कानुनी सुधारका कारण निजी क्षेत्र उत्साहित भएको बताए।
अध्यक्ष ढकालले भने, “सरकारले निजी क्षेत्रको सकारात्मक सुझावलाई तत्काल ग्रहण गर्दै कानुन परिवर्तन गरेको छ। यसले लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।”
गत पुस अन्तिम साता मन्त्रिपरिषद्को निर्णयअनुसार जारी अध्यादेशले सुशासन प्रर्वद्धन, सार्वजनिक सेवा प्रवाह सुधार, वित्तीय उत्तरदायित्व, निजीकरण र लगानी प्रवर्द्धनका कानुनलाई परिमार्जन गरेको छ। ढकालका अनुसार, यस परिवर्तनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारबाट निजी क्षेत्रलाई बाहिर राख्न सफल भएको छ।

कोरोना महामारी, रूस(युक्रेन युद्ध र नेपालका विद्यमान कानुनी संरचनाले खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाउन अध्यादेश ल्याइएको अध्यक्ष ढकालले स्पष्ट पारे। उनले म्याग्दीका उद्योगी, व्यवसायीका परियोजनामा लगानी भित्र्याउन महासंघको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।

 

LEAVE A REPLY