काठमाण्डौ, भेटेरिनरी एशोसिएसन नेपालका उपाध्यक्ष डा . अशेष भट्ठराईले यही माघ १२ गते विहान ६ः३० वजे राइट टु प्रोटीन नामक हाफ म्याराथन गर्ने कुराको जानकरी प्रस विज्ञप्तीमार्फत जानकारी गराउनु भएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ ः माघ १२ गते हुने राइट टु हाफ म्याराथन विहान ६ ः ३० वजे दशरथ रङ्गशालाबाट शुरु भई सोहि सनमा आई कार्यक्रम समापन हुने छ । कार्यक्रममा विभिन्न विधामा ८००० भन्दा बढी व्यक्तिहरुले सहभागिता जनाउने छन् ।
सहभागिता र पुरस्कार राशीका हिसाबमा नेपालकै सबै भन्दा ठूलो प्रतियोगित रहने यो म्याराथन विगत ३ वर्ष देखि आयोजना गरीएको राइट टु हाफ म्याराथनको चौथो सस्करण रहेको छ ।गत वर्षको हाफ म्याराथनमा महिला तर्फ सन्तोषी श्रेष्ठ र पुरुष तर्फ दिपक अधिकारी प्रथम भएका थिए । यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किलो मिटर,महिला ५ किलो मिटर ,१२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमीटर पुरुष र ३ किलोमिटर , फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्वीलचेयर पुरुष् तथा महिला र बाल बालिकाह्रुका लागि “ रन फर फन ” विधाका दौडहरु समावेश गरिएका छन् । यस कार्यक्रमको जम्मा पुरस्कार राशी कर सहित रु. १७ ,६३,३३३.३३ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार रु एक लाख पचासहजार रहेको छ भने, पाचौं स्थान सम्म प्राप्त गने लाइ पुरस्कारको व्यवस्था गरीएको छ ।
भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगिहरुलाई टि सर्ट, खाजा तथा मेडलको व्यवस्था समेत रहेको छ । यस प्रतियोगितामा खेलाडीहरुको सुविधाको लागि रुटका विभिन्न सथानहरुमा पानिको व्यवस्थ , प्राथमिक उपचार , र आकस्मीक सेवाको लागि एम्बलेन्सको व्यवस्था गरिएको छ ।