सम्पतिशुद्धिकरण समस्या विश्वस्तरकै हो , नेपालका समस्याका लागि आवश्यक कानुनहरु निर्माण भएका छन् ः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको
मात्रै निभएर विश्वकै समस्या भएको र नेपालको समस्या समाधान गर्नको लागि नेपालले आवश्यक कानूनहरु निर्माण गरेको बताएका छन् ।
काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताएका हुन् ।
नेपालले यसका लागि आवश्यक कानून, नियम, संरचनाहरु निर्माण गर्नुको साथै अनुसन्धानका कामलाई अगाडि बढाएको छ । यस हिसाबले नेपालले केही महत्वपूर्ण काम गरेकै छ । यो सँगै एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो वा गर्न सक्नुपर्ने हो त्यो हिसाबले काम गर्न सकेका छैनौ।’
यसको साथै, उनले कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको बताए ।
उनले भने, ‘कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएका छौँ । भनेर गर्व गर्न सक्ने गरेर प्रस्तुत हुन सक्नुपर्ने थियो । नेपालले सम्पत्ति शुद्धीकरणको कसूरमा दोषि भएका जो कसैलाई पनि दण्डित गर्छ ।
निर्दोष कसैले पनि डराउनु पर्दैन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी कामहरु हुनेछन् र हामी देशभित्र र दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछाँै भन्ने अपेक्षा गर्न चहान्छु ।’

 

LEAVE A REPLY