हेटौडाका वडाहरु धमाभम बाल मैत्री भए पछि नगरपालिका लाईनै बालमैत्री घोषणा गर्ने तयारी

हेटौँडा ,हेटौँडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी भएको छ। हेटौंडाका वडाहरू धमाधम बालमैत्री घोषणा भएसँगै हेटौंडालाई बालमैत्री घोषणा गर्ने तयारी भएको हो।
१९ वडा रहेको हेटौंडा उपमहानगरमा हालसम्म १७ वटा वडा बालमैत्री घोषणा भइसकेका छन्। १४ र १५ नम्बर वडा बालमैत्री घोषणा हुन बाँकी रहेको हेटौँडा उपमहानगरकी महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन्।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले तोकेका ५१ वटा सूचक पूरा गर्नुपर्ने लामिछानेले बताइन्।

LEAVE A REPLY