सेवा प्रवाहमा सहजताका लागि अध्यादेशबाट कानुनः ः देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले अध्यादेशमार्फत् कानून ल्याएको बताएका छन् । व्यावसायिक वातावरण प्रवर्द्धन गर्न, लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याइएको उनले बताए । अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठकलाई आज सम्बोधन गर्दै उनले ुकानूनले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्बासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्नेछ । यी कानुनहरुले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु सभापति देउवाले भने, ुती अध्यादेशहरू सदनबाट स्वीकृत हुने छन् र पछि पेस हुने प्रतिस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जन गरी पारित गर्न म आग्रह गर्दछु ।ु
संसदमा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको उल्लेख गर्दै उनले संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक चाँडो पारित गरेर कार्यान्वयनमा ल्याइनुपर्ने छ ।
ुसंसद्मा विचाराधिन विधेयकहरु द्रुत गतिमा निर्माण हुनु जरुरी छु, सभापति देउवाले भने, ुसबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।ु हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइने भएकाले विचाराधिन विधेयक र नयाँ विधेयकमाथिको संसदीय प्रक्रियामा शीघ्रता दिइनुपर्ने उनको भनाइ थियो ।
सभापति देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने बताए । त्यस्तै, वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको स्मरण गर्दै सभापति देउवाले कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा जोड दिए।

 

LEAVE A REPLY