काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रमा विद्युतीय गाडीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ उहाँले एबी मोटर्स ओमडाको नयाँ शोरूम उद्घाटन कार्यक्रममा बोल्दै विद्युतीय सवारी साधनले हरेक क्षेत्रमा फाइदा पुर्याउने धारणा राख्नु भयो। विद्युतीय गाडी को प्रयोगले अर्वाैं रुपयाँ पेट्रोल र डिजेल खरीदमा हुने खर्च बचावट हुने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै घिसिङले भन्नु भयो “विद्युतीय समानहरुको जुन प्रवर्द्धन भइरहेको छ, त्यसले मलाई अत्यन्तै खुशी बनाएको छ । विद्युतीय गाडीले नेपालकै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्नेछ। जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ, त्यो उहाँहरूको व्यक्तिगत फाइदाका लागि मात्र नभई समग्र अर्थतन्त्रका लागि पनि लाभदायक छ।”
विद्युतीय गाडीको प्रयोगले बातावरण पोलुषित नहुने र ठूलो परिमाणमा रकम पनि विदेश जानबाट रोकिने बताउनु भयो।









