काठमाडौं । गत फागुन ३ गते शनिबार पोखरामा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुखमेयरको कार्यक्रममा उडाउन ठीक पारेको बेलुनको झुप्पो पड्किएर घाइते हुनुभयो । घटना र प्राथमिक उपचारपछि घाइतेद्वयलाई किर्तिपुरको वर्न अस्पतालमा सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार गरियो ।
रिमोटबाट दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा झिझिरेबाट निस्किएको आगोको झिल्कोले टिपेपछि ठूलो आवाज सहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछिको उत्पन्न धुवा अर्थमन्त्री पौडेल र मेयर आचार्यले निलेका कारण फोक्सोमा असर पर्न सक्ने हुनाले चिकित्सकहरुले उच्च निगरानीमा राखेर उपचार गरिरहेको बताए । अस्पतालका निर्देशक डा।किरण किशोर नकर्मीका अनुसार मन्त्री पौडेलको अनुहारको भागमा ५(६ प्रतिशत जलन भएको छ भने मेयर आचार्यको गालामा जलन भएको छ । नहुनुपर्ने घटना भयो, यसबाट पाठ सिकेर कार्यक्रमका आयोजकहरु सचेत हुनुपर्ने भएको छ ।
जहाँ जुनसुकै कार्यक्रम उद्घाटन गर्ने कार्यक्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पाहरु राखेर कार्यक्रमस्थल राम्रो पार्ने र बेलुनमा हावा भरेर उडाइ कार्यक्रमको उद्घाटन गरिदै आएको छ । यस्ताकाम गर्दा अब आइन्दा हावा भरिएका बेलुन प्रयोग गर्न नहुने तथ्य कुरा हालैको पोखरा घटनाले प्रष्ट पारेको छ । यस्ता घटनाबाट पाठ सिकेर सच्चिने प्रयास नगरे घटना फेरिर पनि नदोहोरिएला भन्न सकिदैन । योघटनाबाट पूर्ण रुपमा पाठ सिक्न आवश्यक छ ।
विज्ञहरुले पनि मेला, महोत्सव र विभिन्न समारोहमा प्रयोग गरिने हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुने बताएका छन् । हाइड्रोजन हल्का भएकाले माथि माथि उड्दै जान्छ त्यसकारण बेलुनमा हाइड्रोजन भन्ने गरिन्छ । यसरी भरिएका बेलुनले कुनै बेला ज्यानै लिन सक्ने भएकाले यसलाई प्रयोग नगर्नु नै ठीक मानिन्छ ।
कुनै पनि घटना घटेपछि सम्भावित घटनाको बारेमा जानकारी दिने चलन छैन । विज्ञहरुले पहिले नै हाइड्रोजन भरेको बेलुन खतरा हुन्छ है भनिदिएको भए अहिलेको पोखरा घटना सायद हुने थिएन होला ।