पार्टी एकता हुन, मोर्चामा आबद्ध नेताहरुको उद्घोष

 

काठमाडौ । नेकपा एमालेबाट चोइटीएर बनेको नेकपाएकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता हुने उद्घोष समाजवादी मोर्चामा आबद्ध केही नेताहरुले गरेका छन् । नेपालको राजनीतिक परिदृश्यमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका बामपन्थीबीच पार्टी एकताको विषयमा विभिन्न दाबीहरु प्रस्तुत भईरहेका बेला यस्तो उद्घोष भएको हो ।
केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही कम्युनिष्ट पार्टीहरुसँग एकताको लागि छलफल भइरहेको बताएका थिए । पार्टी एकताबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्र विक्रम चन्द९विप्लव०सँग कुराकानी भएको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले पार्टी एकताकै लागि समाजवादी मोर्चा बनेको र मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने दावी समेत गर्नुभयो ।
यसै मेसोमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने दाबी गर्नुभएको छ । ३०औं जनयुद्ध दिवसका अवसरमा उपमहासचिव पुनले खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादीसँग् आफुहरुको कार्यदिशामा समानता रहेको बताउनु भएको थियो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरीपरी कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढीसकेको दाबी पनि गर्नुभयो ।

LEAVE A REPLY