अध्यक्ष नेपालले अध्यादेश पारितमा कांग्रेसलाई सघाउलान्?

काठमाडौं । सरकारले संसद छलि फास्टट्रयाकबाट काम गर्ने भन्दै ल्याएको अध्यादेश संसदबाट पारित गर्न मधेसी दलहरुले सहयोग नगर्ने भएपछि पारितका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सहयोग माग्ने निर्णय भएको छ । गत शुक्रबार देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस संस्थापन पक्षको बैठक र सत्तारुढ कांग्रेस एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदमा अध्यादेश पेश र पारितका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सघाउन आग्रह गर्ने निर्णय गरेको थियो । तर माधवकुमार नेपाल सकारात्मक जस्तै देखि पनि कांग्रेसलाई सघाउने कि, प्रतिपक्षी दल माओवादी केन्द्रलाई सघाउने की कांग्रेसलाई सघाउने भन्ने बारेमा निर्णयमा पुग्न नसकेको बताइन्छ । यता एमालेले भने नेकपा एसको साथ र सहयोगमा सबै अध्यादेश पारित गर्ने दावी गरिरहेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६, एमालेसँग १० जना र नेकपा एससँग ८ जना सांसद रहेका छन् । त्यसकारण कांग्रेस सभापति देउवा मार्फत माधवकुमार नेपाललाई फकाउने प्रयास भैरहेको बुझिएको छ । यदि नेकपा एस फकिइएको खण्डमा ६ वटै अध्यादेश संसदबाट पारित गर्ने तयारी सत्ता पक्षको छ ।
विगतमा एमाले फुटाएर एकीकृत समाजवादी बनाउँदाको र हाल पनि ओलीले तयार पारेको अध्यादेशलाई रोकेको भन्दै नेपालसँग कांग्रेसले सम्वाद थालेको छ । नेपालले माओवादी केन्द्रलाई प्रतिपक्षको भूमिकामा सहयोग गर्ने सम्भावना रहेको पनि गाईगुई हल्ला सुनिने गरेको छ ।

 

LEAVE A REPLY